relans
ni new 83
nib 2082 5

चलचित्रका लागि प्रोस्थेटिक मेकअप तालिम आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १२, बिहिबार

चलचित्र विकास बोर्डको आयोजनामा “Prosthetic Make Up Training” आजबाट औपचारिक रूपमा सुरु भएको छ।

बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको उपस्थितिमा उद्घाटन गर्दै अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन अत्याधुनिक प्राविधिक सीप अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले पात्रलाई जीवन्त बनाउने र कथालाई अझ प्रभावशाली बनाउने उल्लेख गर्नुभयो।

प्रख्यात भारतिय विशेषज्ञ मेकअप आर्टिष्ट अयाज शेखद्वारा सञ्चालन हुने यो तालिम चैत १२ देखि १७ गतेसम्म सञ्चालन हुनेछ, जसले नेपाली चलचित्र क्षेत्रमा नयाँ दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास गरिएको छ।

सीप, प्रविधि र सिर्जनात्मकता—अब नेपाली चलचित्र अझ सशक्त बन्दैछ।

Categorized in सिनेमा
ppp 2