STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र पत्रकार सघंको २० औ स्थापना दिवस, पाचँ पत्रकार सम्मान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

चलचित्र पत्रकारहरुको छाता संगठन को रुपमा वि.सं । २०५६ जेठ ७ गते स्थापना भएको दिनलाई स्मरण गर्दै चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस, भव्य रुपमा सम्पन्न गरेको छ भने सोही अवसरमा यस क्षेत्रमा कार्यरत पॉच चलचित्र पत्रकारहरुलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएममा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिएको छ । संघका सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकि सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई नगद जनही २१ हजार रुपैयाँ सहित चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । सुचना तथा संचार मन्त्रि गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास बोर्ड अध्यक्ष केशब भट्टराई,अभिनेता भुवन केसी,अभिनेत्री करिश्मा मानन्धर,निर्देशक तथा कलाकार दिपा श्री निरौला,कलाकार केदार घिमिरे,अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिसा हमाल , निर्देशकहरु शोभित बस्नेत ,निर्माता माधव वाग्ले वितरक गोपाल काजी कायस्थ , चलचित्र निर्देशक समाजका अध्यक्ष एवं पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ लगाएत चलचित्र कर्मि तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय