STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र बिकास बोर्डद्वारा चलचित्रकर्मीहरु सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सबको अवसर पारेर आज असार १६ गते बोर्डको प्रेक्षालय हलमा १४ चलचित्रकर्मीहरुलाई “चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६” सम्मानित गरेको छ भने चार चलचित्र भवनलाई विशिष्ट योगदान सम्मान, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई समेतलाई सम्मानित गरैर्को छ । नेपाली चलचित्र क्षेत्रमा २० देखि ५० को दशकसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका अग्रणी चलचित्रकर्मीहरुलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्ने निर्णय चलचित्र विकास बोर्डले गरेको कुरा बोर्डका अध्यक्ष केशव भट्टराईले बताउनुभयो । ५० को दशकसम्म नेपाली चलचित्र क्षेत्रलाई डोहोर्याएर अघि बढाउन महत्वपूर्ण योगदान दिनुहुने अग्रज चलचित्रकर्मीलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको कुरा बोर्डका सदस्य चलचित्र निर्देशक दयाराम दाहालले जानकारी गराउनु भयो र सदस्य सचिव महेन्द्र प्रसाद सांखीले बोर्डको बार्षिक गतिविधिबारेमा जानकारी दिनु भयो। । नेपाली चलचित्रको सुरुवातदेखि अहिलेसम्म पनि निरन्तर योगदान पुर्याएको ठहर सहित निर्देशकहरुबाट बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई र अभिनेताहरुको तर्फबाट २०३० को दशकदेखि अहिलेसम्म पनि नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान दिनुहुने दुई बरिष्ठ अभिनेता शिव श्रेष्ठ र भुवन के।सी।लाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । नायिकातर्फ पहिलो नेपाली चलचित्र “आमा”बाट अभिनय यात्रा सुरु गरेर अहिलेसम्म पनि निरन्तर योगदान दिनुहुने प्रथम अभिनेत्री भुवन चन्दलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । संगीततर्फ २०४० को दशकबाट अहिलेसम्म ३ सयभन्दा बढी नेपाली चलचित्रमा सङ्गीत दिन सफल बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई र यस्तै नृत्य निर्देशनतर्फ २०३० को दशकदेखि अहिलेसम्म निरन्तर नृत्य निर्देशन गर्दै आउनु भएका बरिष्ट नृत्य निर्देशक बसन्त श्रेष्ठलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । २०४० को दशकबाट द्वन्द्व कलाकार हुँदै द्वन्द्व निर्देशन सुरु गरेर यसलाई निरन्तता दिँदै आउनु भएका बरिष्ट द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । प्राविधिकतर्फ नै नेपाली चलचित्रको प्रारम्भिककालदेखि अहिलेसम्म निरन्तर छायाङ्कनमा योगदान पुर्याए बापत बरिष्ट छायाँकार मञ्जुकुमार श्रेष्ठलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । यस्तै नेपाली चलचित्रको प्रारम्भदेखि अहिलेसम्म चलचित्र ध्वनिमा योगदान पुर्याए बापत बरिष्ट ध्वानी विज्ञ प्रदीपकुमार उपाध्यायलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । चलचित्र निर्माणतर्फ २०४० को दशकबाट अहिलेसम्म निरन्तर फिल्म निर्माण गरेर योगदान पुर्याए बापत बरिष्ट चलचित्र निर्माता छविराज ओझालाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । प्रचारतर्फ २०४० को दशकबाट अहिलेसम्म १२ सयभन्दा बढी नेपाली चलचित्रको पोष्टर डिजाईन गरेर योगदान पुर्याए बापत बरिष्ट डिजाईनर सुन्दर श्रेष्ठलाई यो सम्मानबाट सम्मानित गरियो । चलचित्र पत्रकारितातर्फ २०४० को दशकबाट अहिलेसम्म निरन्तर चलचित्र पत्रकारिता गरेर योगदान पुर्याएबापत बरिष्ट चलचित्र पत्रकार बिजयरत्न तुलाधरलाई यो सम्मानबाट सम्मानित गरिएकोछ । यस्तै नेपाली चलचित्रसँगै विज्ञापन निर्माणमा ०४० को दशकबाट निरन्तर योगदान पुर्याए बापत बरिष्ट व्यक्तित्व निर्मलराज पौडेललाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । विदेशी भएर नेपालमा चलचित्र निर्देशन गरी नेपाली भाषा, साहित्य, कला, सँस्कृति र भूगोललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन योगदान पुर्याए बापत जापानी नागरिक डा। तोसिआकी इतोहलाई विशेष सम्मानबाट सम्मानित गरिएको छ । चलचित्र पत्रिका कामना लाई पनि बिशेष सम्मान प्रदान गरिएको छ । चलचित्र भवनतर्फ नेपाली चलचित्रको विकास र विस्तारमा योगदान पुर्याउने चार ओटा हललाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ । नेपाली चलचित्रको प्रारम्भदेखि अहिलेसम्म योगदान पुर्याएको काठमाडौंको विश्वज्योति सिनेमा भवन, विर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर र पोखराको विन्ध्यवासिनी चलचित्र भवनलाई सम्मानित गरिएको छ । यस्तै नेपाली चलचित्रको प्रदर्शनीमा डिजिटल्ली क्रान्ति ल्याउन सफल क्युएफएक्स सिनेमा समूहलाई पनि विशेष सम्मानबाट सम्मानित गरिएको छ । वार्षिकरुपमा बोर्डबाट प्रदान गरिँदै आएको विशेष चलचित्रका लागि छनौट गरिएका तीनवटा चलचित्रहरु बुलबुल, कथा७२र गोपी लाई “विशेष चलचित्र–२०७५” बाट सम्मान एवं पुरस्कृत गरिएको छ । साथै चलचित्र विकास बोर्डको स्वीकृत वार्षिक कार्यक्रम सफलरुपमा कार्यान्वयन गर्न विशेष योगदान पुर्याउने कर्मचारीहरु लेखा अधिकृत प्रभाकर भट्टराई, नासु सीमा काफ्ले र कार्यालय सहयोगी गीता शाही लाई समेत सम्मान गरेको छ । पहिलो नेपाली कथानक चलचित्र ‘आमा’देखि इतिहासका विभिन्न कालखण्डमा निर्माण भई नष्ट हुने अवस्थामा रहेका दशवटा नेपाली कथानक चलचित्रहरु तथा ऐतिहासिक महत्वका वृत्तचित्रहरुलाई समेत डिजिटाइजेशन तथा रेस्टोरेशन गर्ने कार्यमा खटिई राज्यको ऐतिहासिक सम्पत्तिको संरक्षण, सम्बर्द्धन र सुरक्षणमा विशेष योगदान पुर्याउनु हुने डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समितिका सदस्यहरु लोकेन्द्र पराजुली कपिल समेत लाई समेत सम्मान गरिएको छ । यस्तै चलचित्र मञ्चको नयाँ अङ्क समेत सोही दिन सार्वजनिक गरिएको छ । प्रमुख अतिथि माननीय सुचना सन्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा ले नेपालको चलचित्र क्षेत्रलाई बिकासको बाटोमा पुर्याउने बाचा गर्नु भयो भने आइफा अवार्ड लाई कुनै आर्थिक सहयोग नगरेको कुरा सुनाउनु भयो ।
Categorized in राष्ट्रिय