STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बोर्डले नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न प्रस्ताव अाह्वान

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र ७, शनिबार

चलचित्र क्षेत्रलाई चलायमान बनाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८२/८३ लाई विभिन्न कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ।

 प्रकाशित सूचना अनुसार, नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव, कार्यशाला, तालिम, वार्षिकोत्सव तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको सहभागिता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न इच्छुक दर्ता प्राप्त संघ–संस्था, सहकारी तथा निकायहरूले प्रस्ताव पेस गर्न सक्नेछन्। यो बर्षको मुलनारा "समृद्ध चलचित्र जगतको लागि दक्ष चलचित्रकर्मी" चलचित्रकर्मीको दक्षता अभिवृद्धि वर्ष २०८२  भएकोले चलचित्रकर्मीको दक्षता अभिवृद्धि हुने कार्यक्रमलाई प्राथमिकता दिने सुचनामा उल्लेख छ । नेपाली चलचित्रकर्मीको क्षमता बढाउने तालिम तथा कार्यशाला, अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्र चिनाउने र चलचित्र पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने बोर्डले जनाएको छ ।

प्रस्ताव दर्ताको शर्तहरू :

• संस्था वा संघ–संस्था कानूनअनुसार दर्ता र अद्यावधिक भएको हुनुपर्नेछ।

• स्थायी लेखा नम्बर (PAN) र कर चुक्ता प्रमाणपत्र संलग्न अनिवार्य हुनेछ।

• प्रस्तावित कार्यक्रमले चलचित्रकर्मीको सीप र दक्षता अभिवृद्धि, अन्तर्राष्ट्रिय पहुँच विस्तार वा चलचित्र पर्यटन प्रवर्द्धनमा योगदान दिन सक्नुपर्नेछ।

• प्रस्तावमा कार्यक्रमको नाम, उद्देश्य, बजेट अनुमान, लक्ष्य समूह, सहभागी संख्या, अपेक्षित नतिजा, आयोजना हुने स्थान, पूर्वानुभव, स्रोत–साधन, सञ्चार/प्रचार योजना र खर्चको विस्तृत विवरण समावेश गर्नुपर्नेछ।

• एकै आ.व. भित्र एउटै संस्था/संघले एउटै कार्यक्रमका लागि पटक–पटक सहयोग माग्न पाउनेछैन ।

प्रस्ताव बोर्डको वेबसाइट www.film.gov.np बाट फाराम डाउनलोड गरी वा प्रत्यक्ष बोर्डको कार्यालय, चावहिलमा गई दर्ता गर्न सकिनेछ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव दर्ता गर्नुपर्नेछ। 

 इच्छुक संस्था/संघहरूले समयमै प्रस्ताव दर्ता गरेर चलचित्र विकास बोर्डसँग सहकार्यमा नेपाली चलचित्रकर्मीको दक्षता वृद्धि र अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको उपस्थिति मजबुत बनाउन सक्ने अवसर पाउने सुचनामा उल्लेख छ ।

Categorized in सिनेमा