STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ १४, मंगलबार

नेपाली चलचित्र क्षेत्रको पुरानो छाता संगठन नेपाल चलचित्र संघको सोमबार बसेको बैठकले नव निर्वाचित कार्य समितिको पदभार निर्णय परेको छ । संघको विधान अनुसार निर्वाचनमा अध्यक्ष पद मात्र तोक्ने र अरु पदमा कार्य समितिको बैठकमा निर्णय गर्ने गरिन्छ । संघको अधिवेशन गत जेठ २१ गते सम्पन्न भएको थियो ।

सोही अनुसार  अध्यक्ष बिरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले  प्रथम उपाध्यक्ष कुबेर शर्मा 

द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भाष्कर ढुंगाना चयन गरिएको छ भने महासचिव नरेन्द्र महर्जनलाई तोकिएको छ ।

त्यसै गरी उप-महासचिव ओम जैसी , कोषाध्यक्ष कपिल द्वा चयन भएका छन् र कार्यसमिति सदस्यहरु मा मिजास पोखरेल,निरज कार्की,गोविन्द बहादुर शाही, चैतन्य बराल,युवराज प्रसाई,प्रज्वल शमशेर जबरा,सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य चयन भएका छन् ।त्यस्तैगरी पुर्वान्चल सभापति निरज गुप्ता,पश्चिमान्चल सभापति केदार प्रसाद पराजुली चयन भएका छन् । सोमबार नै बसेको बैठकले उपत्यका समितिको सभापति सुरेन्द्र कुमार थापा चयन भएका छन् भने उपसभापतिमा दुर्गालाल प्रधानं,सचिव सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट चयन गरिएको छ । त्यसै गरी प्रदर्शन सभापति प्रज्वल शमशेर जबरा र वितरण सभापति गोविन्द बहादुर शाही तोकिएको छ भने कार्य समितिमा संघका निवर्तमान अध्यक्ष मधुसुदन प्रधान पदेन सदस्यका रुपमा रहेका छन् । सल्लाहकारहरु मा राजकुमार पोखरेल, नकिम उद्दिन,प्रदिप कुमार उदय र अर्जुन श्रेष्ठ मनोनयन गरिएको छ ।

Categorized in सिनेमा