STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र समीक्षककाे दृष्टिमा हरिवंश आचार्य र दयाहाङ्ग राई उत्कृष्ट ठहरियाे

Janjati Khabar – Janjati Khabar | २०८३ आषाढ ७, आइतबार

चलचित्र समीक्षकहरुकाे छाता संगठन चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले वि संं २०८१ र वि संं २०८२ गरि दुई वर्षको   ‘क्रिटिक्स फिल्म अवार्ड’ एक समारोहमा प्रदान  गरेको छ। 

शनिबार  पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित   प्रसिद्ध  अभिनेता मदनकृष्ण श्रेष्ठ,   अभिनेत्रीहरु संचिता लुंइटेल , स्वस्तिमा खड्का र चलचित्र संघका अध्यक्ष नरेेन्द्रमहर्जन , निर्देशक समाजका अध्यक्ष अरुण कुमार प्रधान   , निर्माता संघका अध्यक्ष उदय सुब्बा , निर्देशकहरु नवन  सुब्बा, दिपेन्द्र लामा र निश्चल बस्नेत  लगायतले अवार्ड प्रदान गरेका थिए। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  अभिनेता श्रेष्ठले हलमा चलेका चलचित्र मात्रै राम्रा नहुने भन्दै कतिपय राम्रा चलचित्र पनि नचल्ने गरेको बताए। त्यसैले राम्रा चलचित्रले अवार्ड पाएको अभिनेता श्रेष्ठले बताए

चलचित्र ‘सानो संसार’ आफूलाई राम्रो लागे पनि हलमा नचलेको भन्दै श्रेष्ठले थपे, ‘सबै राम्रा चलचित्र चलेका छैनन्। चलेन भनेर हरेश मान्नु पर्दैन। आज सानो संसारले क्रिटिक्स अवार्ड पायो।’

चलचित्र ‘भूठान’बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता हरिवंश आचार्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ पाउने व्यक्ति ‘राम्रै हुने’ बताए। ‘फिल्ममा यो भएन, त्यो भएन, यसो गरेको भए हुनेथियो। यसरी बनाएको भए राम्रो हुनेथियो भनेर दोषैदोष देखाउने व्यक्तिले दिएको अवार्ड भनेपछि पक्कै राम्रै होला, ’ उनले भने, ‘मलाई आज यस्तो लागिरहेको छ कि, श्रीमतीले अवार्ड दिएको हो जस्तो लागिरहेको छ। किनकि श्रीमतीलाई चित्त बुझाउन गाह्रो हुन्छ। उहाँहरू (समीक्षक) लाई चित्त बुझाउन पनि गाह्रो छ। उहाँहरूबाट अवार्ड पाउनु भनेको गौरव हो।’

वि सं २०८१ का पुरस्कार विजेताहरु -

उत्कृष्ट फिल्म: शाम्बाला

उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)

उत्कृष्ट अभिनेता: दयाहाङ राई (गाउँ आएको बाटो)

उत्कृष्ट अभिनेत्री: थिन्ले ल्हामो (शाम्बाला)

उत्कृष्ट पटकथा/लेखन: सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)

उत्कृष्ट छायांकन: आलोक शुक्ला (आँखा)

उत्कृष्ट सम्पादन: जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)

उत्कृष्ट साउन्ड डिजाइन: किशोर आचार्य (गाउँ आएको बाटो)

स्पेसल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)

स्पेसल मेन्सन (कला निर्देशन): रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)

वि सं २०८२ का पुरस्कार विजेताहरु

उत्कृष्ट फिल्म: ऊनको स्वीटर

उत्कृष्ट निर्देशक: नवीन चौहान (ऊनको स्वीटर)

उत्कृष्ट अभिनेता: हरिवंश आचार्य (भूठान)

उत्कृष्ट अभिनेत्री: आना शर्मा (रमिताको पिरती)

उत्कृष्ट पटकथा: नवीन चौहान/सुरज कटुवाल (ऊनको स्वीटर)

उत्कृष्ट छायाङ्कन: सुशन प्रजापति (भूठान)

उत्कृष्ट सम्पादन: अञ्जय खड्का (भूठान)

उत्कृष्ट पाश्र्व संगीत: कोविद बज्र (ऊनको स्वीटर)

Categorized in सिनेमा