STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ५, बिहिबार

भक्तपुर - चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।

नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका हुन् भने उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरे । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोगेकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख थिइन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी भए भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरिन्। नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गरे भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गरे । उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गरिन् ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन्। रासस

Categorized in उपत्यका