STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चारजनालाई नइ पुरस्कार प्रदान गरिने घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १२, आइतबार

वाङमय क्षेत्रमा विविध प्रकाशनका माध्यमबाट र विविध पुरस्कारहरु प्रदान गरेर  पहिचान बनाएको संस्था  नइ प्रकाशनले चार जना महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले नेपाली भाषासाहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत श्री घनश्याम राजकर्णिकारलाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रही उत्कृष्ट योगदान पुर्‍याएबापत झापाका श्री भवानी क्षत्रीलाई पचास हजार रुपियाँ राशिसहित 'नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।

हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भई नेपाली समाजमा उदाहरणीय र प्रेरक योगदान पुर्‍याएबापत भागवत मञ्जरी श्री राधिका दासीलाई पचास हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली भाषासाहित्यका फाँटमा समर्पित हुँदै कविता लेखन तथा वाचनमा समेत उदाहरण प्रस्तुत गर्नुका अतिरिक्त आफ्नो शैक्षिक स्तरलाई पनि गुणस्तरीय बनाउने श्री युवराज अधिकारीलाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा  बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी गराएको   छ ।

Categorized in साहित्य-कला