STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १३, मंगलबार

काठमाडौं – सर्वोच्च अदालतमा चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति सार्वजनिक गर्ने चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता राजाराम घिमिरेले अवहेलना सम्बन्धी रिट दायर गरेका हुन् । 

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर अदालतको अवहेलना गरेको दाबी निवेदनमा गरिएको छ । अधिवक्ता घिमिरेले दायर गरेको रिटमा पूर्वसभामुख दमनाथ ढुंगानालाईसमेत विपक्षी बनाइएको छ । 

निवेदनमा पूर्वप्रधानन्याायाधीशलाई आफै उपस्थित भएर जवाफ दिनसमेत भनिएको छ । 

Categorized in राजनीति