relans
ni new 83
nib 2082 5

चितवनकी गायिका एश्वर्णा श्रेष्ठको "जहिले देखि" सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८३ भाद्र ६, शनिबार

पर्यटकीय नगर चितवनकी उदियमान गायिका एश्वर्णा श्रेष्ठले गाउनु भएको "जहिले देखि " बाेलकाे गीतको म्युजिक भिडियो एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । ललितपुर स्थित मसला दरबारमा भएको साे कार्यक्रममा सुप्रसिद्द कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियोे । प्रमुख अतिथि श्रेष्ठले रिमाेटमा थिचेर सार्वजनिक गरिएको साे समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा उनले चितवनबाट एउटी गायिकाकाे उदय हुनु सुखद कुरा हाे भन्नु हुँदै यस भिडियो का परिकल्पनाकार एवं निर्माण व्यवस्थापक के बि एस लुभुले म्युजिक भिडियो क्षेत्रमा गरिरहनु भएको याेगदानकाे प्रशंसा गर्नु भयो ।

के बि एस लुभुले  स्वागत मन्तव्य राख्नु भएको यस कार्यक्रममा सिने पत्रकार विजयरत्न असंबरेले साे भिडियो काे समीक्षा गर्नु भएको थियोे ।

केबिएस प्राेडक्शनहाउसले निर्माण गरेको साे भिडियो काे सम्पूर्ण कार्य लुभु वेभ म्युजिक ईन्स्टिच्युट एण्ड स्टुडियोमा सम्पन्न भएको थियो । शैलेश श्रेष्ठ लुभुले सम्पादन र छायांकन गर्नु भएको  याे भिडियो मा गायिका एश्वर्णा श्रेष्ठ काे साथमा बिकेश महर्जन प्रमुख पात्रका रुपमा र राेजिना नगरकाेटी तथा सरिता तण्डुकारले पनि अभिनय गर्नु भएको छ । याे भिडियो निर्वान मिडिया काे युट्यबमा सार्वजनिक गरिएको छ ।

Categorized in साहित्य-कला
ppp 2