चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार
काठमाडाैं - चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।
अध्यक्ष लामिछानेले चार हजार सात मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले तीन हजार आठ सय ७९ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन हजार चार सय १० मत प्राप्त प्राप्त गरेका छन्।
यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्र्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार दुई सय ६७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले पाँच हजार तीन सय ९९ मत प्राप्त गरेका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार दुई सय ९५ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन्। उनले चार हजार सात सय ७४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले चार हजार मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार आठ सय २७ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले तीन हजार एक सय ७५ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए ।
Categorized in राजनीति

