STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ । सिन प्रिन्टिङको मुख्यालयबाट पहिलो चरणमा ३०० भन्दा बढी फोटोकपी मेसिन घानातर्फ पठाइएको छ । कम्पनीले ग्राफिक्स उत्पादन, प्रिन्टिङ र उपकरण बिक्री, मर्मत र भाडामा दिने समेतका विविध कार्यहरु गर्नेछ । सिन प्रिन्टिङका अध्यक्ष लुओ गुओक्सिङले अफ्रिकामा आधुनिक प्रिन्टिङ उपकरण र सेवाको ठूलो माग रहेको जानकारी दिनुभयो । उहाँले अफ्रिकाका ५० देशमा सञ्चालन तथा उत्पादन केन्द्रहरु पनि खोल्ने तयारी भइरहेको बताउनुभयो । करिब ५०० जनालाई रोजगारी दिइरहेको सिन प्रिन्टिङले सन् २०१८ मा करिब दुई करोड २० लाख अमेरिकी डलरको कारोबार गरेको थियो । सिन्ह्वा काउन्टीको यो कम्पनी चीनमै प्रिन्टिङ सेवामा अग्रणी मानिन्छ । चीनमा करिब ६० हजार प्रिन्टिङ पसलहरु रहेको सिन प्रिन्टिङले चीनको कूल बजारको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ ।
Categorized in अन्तर्राष्ट्रिय