चिसोबाट प्रभावितलाई सिरक
Janjati Khabar – जनजाति खबर | २०७६ पौष ४, शुक्रबार
विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ ।
वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवले संयुक्त रुपमा कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलागरी १६० जनालाई जाडोबाट जोगिन सिरक वितरण गर्नुभयो । एउटा सिरकको मूल्य रु एक हजार २०० पर्ने बताइएको छ ।
चोरी मुद्दाका फरार अभियुक्त दुई पक्राउ
हातहतियार खरखजाना तथा चोरी मद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले हातहतियार तथा खरखजाना मुद्दामा फरार सिरहा नगरपालिका २१ का २८ वर्षीय रामपृत पासवानलाई पक्राउ गरेको हो ।
सिरहा नगरपालिका–१२ लकडिगोठमा लुकीछिपी बसिरहेका बेला पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा फरार सिरहा नगरपालिका–२२ का २१ वर्षीय पप्पुकुमार यादवलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Categorized in राष्ट्रिय


