relans
ni new 83
nib 2082 5

चीनबाट प्राप्त स्वास्थ्य सामाग्री लुभुमा हस्तान्तरण

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ३०, बुधबार

चीनबाट उच्च शिक्षा हासिल गरेका पूर्व विद्यार्थीहरूको संगठन  अरनिको समाज र महालक्ष्मी उद्योग वाणिज्य संघको  संयुक्त आयोजनामा चीनबाट प्राप्त स्वास्थ्य सामाग्री महालक्ष्मी नगरपालिका र लुभु प्राथमिक स्वास्थ्य चौकीलाई  इक कार्यक्रम बीच हस्तान्तरण गरेको छ ।

कोभिड–१९ महामारी रोकथाम गर्न चीनका विभिन्न कम्पनीबाट बीस हजार पिस मास्क, ग्लोब्स, पीपीई, कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिनसहितका सामाग्री उपलब्ध गराएको छ भने सो सामाग्री महालक्ष्मी वाणिज्य संघका अध्यक्ष सञ्जय नारायण श्रेष्ठ र अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले महामारी नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको र यसलाई निरन्तरता दिने बताएका छन् ।

महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठले समाजको भलोका लागि बिभिन्न संघसंस्थासंग सम्झौता गरेर काम गर्न इच्छुक रहेको बताए भने उहाँले अरनिको समाज लगायत स्थापनाकालको छोटो समयमा पनि महालक्ष्मी उद्योग वाणिज्य संघले गरेको विविध कृयाकलापले आफू प्रभावित भएको र उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । 

ललितपुर उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष एवं अरनिको सांस्कृतिक तथा ब्यावसायिक प्रवर्द्धन समाजका अध्यक्ष अजरमान जोशीले प्राप्त सामाग्रीको उचीत सदुपयोग हुनुपर्नेमा जोड दिए । साथै उहाँले आगामी दिनमा पनि समाज, नगरपालिका र संघ बीच यस्तै प्रकारको सहकार्य गर्दै अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।

Categorized in उपत्यका
ppp 2