चुनावको दिन वर्षा हुने, त्रिपालको व्यवस्था गर्न आयोगकाे निर्देशन
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २६, सोमबार
३० वैशाख मतदानकाे दिन वर्षात्काे सम्भावना रहेकाले मतपत्रसहितको निर्वाचन सामग्री सुरक्षित राख्न निर्वाचन आयोगले सम्बन्धित पालिकाहरूलाई निर्देशन दिएको छ ।
‘मौसमका सम्बन्धमा चिन्तित छौँ । आज मात्रै मौसम विभागमा हेरेर आयौँ, २९ गतेसम्म पानी पर्ने उच्च जोखिम छ । ३० गते पनि पानी पर्ने जोखिम छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘स्थानीय तहलाई पाल त्रिपालको व्यवस्था गर्न भनेका छौँ ।’
जिल्लास्थित विपद् व्यवस्थापन समितिमा रहेका सामग्रीको पनि प्रयोग गर्न आयोगले भनेको छ । ‘सबै सामान अहिले किनेर पठाउने अवस्था छैन,’ उनले भने, ‘विपद् व्यवस्थापन समितिमा रहेका सामग्रीको प्रयोग गर्न भनेका छौँ ।’
Categorized in राष्ट्रिय

