STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चेपाङ युवा सङ्गठित

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

समुदायको हकहितका लागि चितवनका शिक्षित चेपाङ युवा सङ्गठित भएका छन् । नेपाल चेपाङ सङ्घ चितवनले चेपाङ समुदायका शिक्षित युवालाई समुदायको हकहितका लागि परिचालन गर्ने उद्देश्यले दीपा चेपाङको संयोजकत्वमा २५ सदस्यीय चेपाङ युवा स्वयंसेवक समूह गठन गरिएको हो । पछिल्लो समय चेपाङ समुदायमा शिक्षित युवा बढ्दै गए पनि सरकारी कार्यालय, अस्पताल तथा विभिन्न कार्यालयका कामकाजमा चेपाङले अझै सास्ती खेप्नु परिरहेकाले ती शिक्षित युवालाई आफ्नो समुदायभित्र घुलमिल गराइ सहयोग प¥याउने उद्देश्यले समूह गठन गरिएको नेपाल चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङले बताउनुभयो । चेपाङ समुदायको हकहितका लागि शिक्षित युवा सङ्गठित भएको युवा स्वयंमसेवक समूहका संयोजक दीपा चेपाङले बताउनुभयो । सीमान्तकृतभित्र पर्ने चेपाङ समुदायको जनसङ्ख्या २०६८ को जनगणना अनुसार ६८ हजार ३९९ मध्ये चितवनमा सबैभन्दा धेरै २९ हजार ९६३ जना रहेका छन् ।
Categorized in राष्ट्रिय