चोभार ब्लुज का साहित्यकार बिक्रम भक्त जोशी संसार साहित्य तारा सम्मान बाट सम्मानित
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ११, आइतबार
lबहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा प्रवन्ध निर्देशक रहनु भएको संसार क्रियशन्स नेपालले साहित्य क्षेत्रमा अतुलनीय योगदान दिए वापत संसार साहित्य तारा सम्मान २०८२ प्रदान गरिएको छ। संसार क्रियशन्स नेपालले गीत संगीत र चलचित्र कला तथा मनोरन्जन र समाजसेवा क्षेत्रमा मात्र काम गर्दै आएकोमा चोभार ब्लुज नामक निकथा संग्रहका स्रस्टा साहित्यकार बिक्रम भक्त जोशीलाई पहिलो पल्ट संसार साहित्य तारा सम्मान २०८२ बाट सम्मानित गरिएको हो।
सिनेमा, संगीत र कला क्षेत्रमा लागेका कलाकारहरुको योगदानको कदर गद्र्रआएको संसार क्रियशन्स नेपाल साहित्य क्षेत्रमा लागेका साहित्य सिल्पी स्रष्टाहरुलाई सम्मान दिन अग्रसर हुनेक्रममा साहित्यकार जोशीलाई उक्त सम्मान प्रदान गरिएको जनाएको छ । नेपाली साहित्य क्षेत्रमा बेखामान र राक्षस नामक बाल कृतिको अलावा व्यापक चर्चामा रहेको निकथा कृति चोभार–ब्लुजको कारण चर्चाको शिखरमा रहेका स्रष्टा जोशीलाई संसार साहित्य तारा सम्मान २०८२ ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रबिन्द्र महर्जन को प्रमुख आतिथ्यता तथा अग्रज कलाकर्मि पवन जोशी, वरिष्ठ लेखक तथा निर्देशक प्रकाश सायमी, पत्रकार श्याम स्मृत लगायतको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रम बीच सो सम्मान प्रदान गरिएको आयोजक संसार क्रियशन नेपालले भनेको छ।
कुनैपनि स्रष्टालाई चिनाउने भनेको उनको एउटै कृति नै काफी भन्ने कुरा संसार साहित्य तारा सम्मान २०८२ वाट सम्मानित स्रष्टा जोशीको चोभार ब्लुज कृतिले पुष्टि गरेको छ। १९ वटा निकथा रहेको चोभार ब्लुज १९ वटा कृति बराबरको एक कृति भएको कारण पनि यसको महत्व अझ धेरै भएको कार्यक्रममा उपस्थित स्रष्टाहरुको ठहर रहेको छ। यिनै सम्मानित स्रष्टा जोशीको अमर कृति चोभार ब्लुज दुई बर्षयता बेस्ट सेलिङ कृतिमा पनि दर्जित भैसकेको कारण यसको दोश्रो संस्करण आगामी महिनाभित्र आउने जानकारी पनि स्रष्टा जोशीले दिएका छन्।
तस्बीर - बिक्रम खडगी
Categorized in साहित्य-कला

