relans
ni new 83
nib 2082 5

चोरीको घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २७, बुधबार

गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका–५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती, गोरखा नगरपालिका–१ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाघे भनिने बरामलाई प्रहरीले पिछा गरी जिल्लाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट पक्राउ गरिएको होे । त्यस्तै अन्य दुई अभियुक्त नेपाली र मग्रातीलाई गोरखा सदरमुकामको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयोे । अर्का अभियुक्त भुवन नेपालीलाई गोरखा नगरपालिका–८ आहालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले कात्तिक २० गते गोरखा नगरपालिका–६ स्थित धु्रवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ । त्यस्तै अर्का अभिभयक्त नेपालीले गोरखा नगरपालिका–६ स्थित हिमालय केवल नेटवर्क प्रालिमा चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेको अभियुक्तहरुको साथबाट औठी, रानीहार, तिलहरी, सिरबन्दी, चन्द्रमा एक÷एक थान बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । त्यस्तै सुनको झुम्का भने स्वरुप परिवर्तन गरिसकेको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो । पक्राउ परेको अभियुक्तहरुको साथबाट चाँदीको धातुजस्तो देखिने ब्रासलेट र सिक्रीसमेत एक÷एक थान बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना
ppp 2