STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार

इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ । 
सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ । एउटै कक्षमा  कराँतेसँगै बक्सिङ, उसु, टि टि, जुँडोका खेलाडीलाई प्रशिक्षण दिनुपर्छ । जिल्लामा विद्यालय, दोजो र क्लबमा आबद्ध एक हजार २०० भन्दाबढी कराँते खेलाडी छन् । राष्ट्रिय खेलकूद परिषद्बाट खटाइएका चार  स्वयंसेवक र १६ प्रशिक्षकले खुला चौरमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । खेलाडी र प्रशिक्षकले तीन दशकदेखि  सुविधासम्पन्न कवर्ड हलको माग गरिरहे पनि अहिलेसम्म पूरा नभएको कराँते प्रशिक्षक प्रदीप शैजुले बताउनुभयो ।  
विसं २०४४ बाट राष्ट्रिय खेलकूद परिषद्को सहयोगमा यहाँ कराँते खेल  शुरु भएको थियो । तीस वर्षको अवधिमा यहाँ उत्पादन भएका खेलाडीमध्ये  ५० ले राष्ट्रिय र ३० ले  अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान कायम गरेर पदक जितेका छन् । 
एकसय भन्दाबढी स्थानीयस्तर, २८ जिल्लास्तरीय तथा क्षेत्रीय र सात  अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमै सम्पन्न भएका थिए । यो वर्ष सम्पन्न भएको नेपाल, भारत, भूटान, बङ्गलादेश र दुबइका गरी ४५० खेलाडी सहभागी रहेको सातौँँ अन्तर्राष्ट्रिय प्रतियोगिता चौरमै गर्नुपरेको कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले बताउनुभयो । खेलाडी र प्रशिक्षकको पहलमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि  सातौँ चरणको। खेल पूरा गरिसकेका  छौँ चाम्लिङ भन्नुभयो, “हामीले राम्रो कर्वड हल निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म माग राखे पनि पूरा भएको छैन ।” 
उहाँले भन्नुभयो, “सातौँ अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा विदेशी खेलाडीले  पनि पानीमा भिज्दै खेल्नुप¥यो, टिम कोच र प्रशिक्षक पनि खुला आकाशमा भिज्दै बस्दा नराम्रो लाग्यो । खेलाडीको क्षमता प्रदर्शनका लागि कराँते खेलका प्रशिक्षक र खेलाडीको सक्रियतालाई साथ दिँदै सरकारले चाँडो सुविधासम्पन्न कर्वड हल बनाउनुपर्ने वहाँको भनाइ छ । सरकारले स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने नाराका साथ खेलकूदका कार्यक्रम ल्याए पनि ती कार्यक्रमले कराँते खेलमा कुनै सुधार नभएको कराँते खेलाडी विमोचना गुरुङले बताउनुभयो । 
“हामीले खेल्दामा पनि खुला चौरमा खेल्नुपर्छ”, गुरुङले भन्नुभयो, “खेलाडीलाई प्रशिक्षण दिँदा पनि विद्यालयका चौर, चियाबारीको खुला क्षेत्र रोज्नुपर्ने बाध्यता छ ।” स्थानीयस्तरका प्रतियोगिता मात्रै नभएर हरेक वर्ष आयोजना गरिँदै आइएका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि विदेशी खेलाडीसँग पानीमा  भिज्दै खेल्नुपर्दा हामीलाई नराम्रो लागेको उहाँको भनाइ थियो । कराँतेमा स्थानीयस्तरका युवायुवतीको आकर्षण बढे पनि पूर्वाधार निर्माणका लागि स्थानीय सरकारले पनि चासो नदिएको खेलाडी तथा प्रशिक्षकको गुनासो थियो । हालै सम्पन्न भएको सातौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहयोग पु¥याएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कराँते खेलाडीको माग सम्बोधनका लागि पूर्वाधार निर्माणका लागि पहल गरिने बताउनुभयो । सो  खेलका लागि उक्त नगरपालिकामा जग्गा अभावले पूर्वाधार निर्माणको काम अड्किएको उहाँको भनाइ थियो ।
Categorized in खेलकुद