STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार

मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो । चार÷पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिँदै व्यासी कालोपाटीबाट प्रहार भएको छुरा बरामद गरेको जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना