STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव ः मुख्यमन्त्री राउत

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक शिक्षा रहेकाले प्रदेशलाई नै प्राविधिक शिक्षाको हब बनाउने दिशामा प्रदेश सरकार अग्रसर रहेकोे प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले ल्याएको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमले यहाँका महिलामा शैक्षिक क्रान्ति ल्याउने दाबी गर्नुभयो । “छोरीलाई अभिशाप नभई बरदानको रुपमा बुझ्नु पर्छ”, उहाँले भन्नुभयो, “छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव हुन्छ ।” यसैबीच ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत एकैदिन महोत्तरीका पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका गरी चार विद्यालयमा साइकल वितरण कार्यक्रम सम्पन्न भएकोे छ । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा जिल्लाको पिपरा गाउँपालिकाको श्री मावि सहोडबामा ३३, रामनारायण अयोध्या मावि पिपरामा ९५, जलेश्वर नपाको प्रकौली माविमा ६८ र एकडारा माविमा ७६ गरी कक्षा ८ मा अध्यनरत कूल २७२ छात्राहरुलाई साइकल वितरण गरिएको हो । साइकल वितरण कार्यक्रममा पूर्वमन्त्री एव समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण यादव, केन्द्रीय सदस्य रवीन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, समाजवादी पार्टी महोत्तरीका अध्यक्ष नागेन्द्र यादवसहितको सहभागिता थियोे ।
Categorized in राष्ट्रिय