STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनआन्दोलनका कमान्डर सिंहको सालिकमा माल्यार्पण

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २४, आइतबार

लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उहाँको सालिक माल्यार्पण गरिएको हो । काङ्ग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका जिल्लासभापति सबुज बानियाँले विवादित कम्युनिस्टलाई एक ठाउँमा ल्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भन्नुभयो । स्व सिंहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
Categorized in राष्ट्रिय