STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनकपुरमा हवाइफायर, बन्दकर्तामाथि प्रहरीकाे लाठीचार्ज

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार

जनकपुर – जनकपुरधाममा प्रचण्ड माधव समूहले आह्वान गरेको आमहड्तालको अवज्ञा गरेको भन्दै बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको छ ।

प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड- नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन् ।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यता प्रहरीले दाहाल-नेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ। दाहाल नेपाल समूहका कार्यकर्ताहरूले प्रहरीको भ्यान र मालसमान ढुवानी गर्ने गाडीमा समेत तोडफोड गरेका छन्।

Categorized in राजनीति