STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनता समाजवादी पार्टीका कार्यकर्ता पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार

काठमाडौँ – भारतले नेपालको भूभाग मिचेर बाटो बिस्तार गरेको बिरोधमा जनता समाजवादी पार्टीले काठमाडौँको बाङ्गेमुढामा प्रदर्शनको तयारी गर्दागर्दै उनका कार्यकर्ता पक्रउ परेका छन् । प्रहरीले जनता समाजवादी पार्टीका ९ नेता तथा कार्यकर्ता पक्राउ गरेको पार्टीका केन्द्रिय सदस्य मनराजा शाक्यले जानकारी दिए । पक्राउ पर्नेमा आङकाजि शेर्पा, श्यामकृष्ण प्रजापति, अनिल थापा, रहरबहादुर खड्का, ज्ञानुरत्न महर्जन, परिवर्तन भट्टराई, सुरज महर्जन, चन्द्रकार महर्जन र मनिषकुमार श्रेष्ठ रहेका छन् । सामाजिक दुरी कायम गरेर विरोध प्रदर्शन गर्ने जनता समाजवादी पार्टीको तयारी रहेको थियो । सामाजिक दुरी कायम गरेर सानो संख्यामा भारतप्रति विरोध प्रदर्शन गर्न पनि नदिइनुले आश्चर्य लागेको शाक्यले बताए । (भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला)
Categorized in राजनीति