जनता समाजवादी पार्टीलाई आयोगको आधिकारिक पत्र
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २९, सोमबार
काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाललाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरेको छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी, नेपाल केही दिनअघि निर्वाचन आयोगमा दर्ता भएको थियो । दर्ता प्रक्रिया पूरा भएपछि आयोगले यी आधिकारिक पत्र पार्टीलाई दिएको जानकारीसहितको विज्ञप्ति प्रकाशित गरिएको छ ।
अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिलाई समाजवादी पार्टीमा आवद्ध हुन पनि आह्वान गरिएको छ ।
साथै विज्ञप्तिमा पार्टीका कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई बधाइ तथा धन्यवाद पनि दिइएको छ ।
Categorized in राजनीति