STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनप्रतिनिधिलाई सम्मान गर्दै क्रोधकला शिरोमणिको डकुमेण्ट्री सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ८, बुधबार

क्रोधकला शिरोमणिका रुपमा नेपालको हस्तकला र ललितकला जगतमा सुविख्यात प्राज्ञ  कालु कमालेको जीवनीमा आधारित डकुमेण्ट्री एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । सो डकुमेण्ट्रीका साथै सो कार्यक्रममा उहाँको अौपचारिक वेबपेज पनि सार्वजनिक गरिएको थियो । प्राज्ञ  कालु कमालेको निवासमा आयोजित सो कार्यक्रममा ललितपुर महानगरपालिका  निर्वाचित भएका मेयर र उपमेयर लगायतका जनप्रतिनिधिहरुलाई  क्रोधकला शिरोमणि कालु कमाले खादा अोढाइ सम्मानका साथै बढाइ र शुभकामना व्यक्त गरिएको थियो । सो कार्यक्रममा बागमति प्रदेशका सांसद शोभा शाक्य र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रममा क्रोधकला शिरोमणि कुमालेबाट नव निर्वाचित मेयर चिरिबाबु महर्जनका साथै ललितपुर का सबै वडाका वडा अध्यक्ष र ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्यहरुलाई खादा ओढाएर सम्मान गर्नु भएको थियो  । 

सोही कार्यक्रममा क्रोधकला शिरोमणि कालु कमालेको आधिकारीक वेबपेज पनि सार्वजनिक गरिनुकासाथै उहाँको जीवनमा आधारित डकुमेण्ट्री पनि सार्वजनिक गरिएको थियो  ।  डकुमेण्ट्रीको लेखन कार्य कुमार यात्रुले गर्नु भएको थियो भने  अवधारणाकार र सम्पादक नवराज लामा हुनु हुन्छ । सोमबार सार्वजनिक गरिएको सो डकुमेण्ट्री कालु कुमालेको आधिकारीक वेब साइट लगायत युट्युबमा पनि राखिएको छ  । 

सो कार्यक्रममा क्रोधकला शिरोमणि कालु कमाले फाउण्डेशनका राकेश अवालेले स्वागत मन्तव्य राख्ने क्रममा फाउण्डेशनको बारे र आफ्नो पिता क्रोधकला शिरोमणि कालु कुमालेको बारेमा पनि प्रकाश पार्नु भएको थियो । यस्तै गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा कालु कुमाले जस्ता विख्यात क्रोधकला शिरोमणि रहनु भनेको महानगर को लागि ठूलो गौरव हो भन्दै उहाँको सम्मानमा महानगरपालिका एउटा विशेष कार्यक्रम गर्ने योजनामा रहेको कुरा बताउनु भयाे ।

Categorized in साहित्य-कला