STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनबहाःद्यः (सेतो मछिन्द्रनाथ)को मूर्ति मन्दिरमा पुनःस्थापना

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

काठमाडौँ - २०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनर्निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको छ। ५ दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा विधिवत् रूपमा मूर्ति पुनः स्थापना गरिएको हो।

नेवार समुदायको गहिरो आस्थासँग जोडिएको यो पुनः स्थापना धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले समेत ऐतिहासिक क्षण भएको जनाइएको छ।  पुरातात्त्विक महत्त्व बोकेको यो मन्दिर २०७२ को भूकम्पमा गम्भीर क्षति पुगेपछि यसको पुनर्निर्माण सुरु गरिएको थियो।

संरचनागत सुरक्षा सुनिश्चित गर्दै सम्पदाको मौलिकता जोगाउने गरी मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको हो। 

Categorized in राजनीति