जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २२, आइतबार
काठमाडौं - प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।
आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।
जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए ।
Categorized in राजनीति

