STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जलमग्न कोइला खानीभित्र फसे भारतीय श्रमिक

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २२, सोमबार

गुवाहाटी (भारत) - उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि करिब एक दर्जन भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ ।

“कोइला खानी धेरै दुर्गम स्थानमा छ,” डिमा हसाओ क्षेत्रको उमराङ्सु खानी जलमग्न भएको र मानिसहरू फसेको पुष्टि गर्दै स्थानीय प्रहरी अधीक्षक मयंक झाले भने ।

स्थानीयबासीहरूका अनुसार सोमबार बिहान कम्तीमा २७ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । तीमध्ये धेरैजना खानीको कार्यस्थलमा पानी भरिँदा भाग्न सफल भए ।

राज्य अधिकारीहरूले सरकारी उद्धार टोलीहरू र सेनाको सहयोग मागेका छन् ।

“उमराङ्सुमा श्रमिकहरू कोइला खानीमा फसेका छन्,” असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले विज्ञप्तिमा भने, “खानी श्रमिकहरूको सही संख्या पुष्टि हुन सकेको छैन, सबैको सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्दछु ।” रासस/एएफपी

Categorized in अन्तर्राष्ट्रिय