relans
ni new 83
nib 2082 5

जसपाबाट उपेन्द्रले स्वास्थ्य र नवलकिशोरले वन मन्त्रालय सम्हाल्ने

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २५, शुक्रबार

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन्। जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने श्रेष्ठले बताए।

Categorized in राजनीति
ppp 2