STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जहाज दुर्घटना : को–पाइलटसहित चार परिवारले शव बुझे

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ११, शुक्रबार

काठमाडौं - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

Categorized in अपराध-दुर्घटना