relans
ni new 83
nib 2082 5

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

Janjati Khabar – एजेन्सी | २०७९ आषाढ २४, शुक्रबार

एजेन्सी - जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ।नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो।

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो। गोली लागेपछि उनी भुइँमा ढलेका थिए।उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको समाचारमा जनाइएकाे छ।

Categorized in अन्तर्राष्ट्रिय
ppp 2