STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानमा नेपाली प्रतिनिधि मण्डलबाट समुद्रपारी डट कमको अवलोकन

Janjati Khabar – जनजाति खबर | २०७४ माघ २१, आइतबार

जनवरी २८ तारिख २०१८ मा जापानको टोकियोस्थित काइकान हलमा वर्ल्ड नेवाः अर्गनाइजेशन र विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको ‘नेवाः फुड फेस्टिभल २०१८’ मा सहभागी हुनको लागि जापान पुग्नुभएका नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य तथा मञ्चका संयोजन समितिका सदस्य द्वय् निरञ्जन रत्न शाक्य तथा मचाराजा महर्जनले जापानबाट संचालित समुद्रपारी डट कमको कार्यालय अवलोकल गर्नुभयो ।

वर्ल्ड नेवाः अर्गनाइजेशनका संयोजक सुनिल कुमार शाक्य पनि सहभागी हुनुभएको उक्त अवलोकन कार्यक्रममा समुद्रपारी डट कमका म्यानेजिङ डिरेक्टर डा. भुपालमान श्रेष्ठ, जिएमटी इन्टरनेशनलका पदाधिकारीहरु दुराजु तथा विष्णु सुवेदीले नेवाः जागरण मञ्चका पदाधिकारीहरुलाई स्वागत गर्नुभएको थियो ।

नेवाः फुड फेस्टिभलमा नेपालजापानन्यूज डट कम जापानका राजदूत महामहिम प्रतिभा राणाको हातबाट उद्घाटन भएको थियो भने संचालक तथा प्रधान सम्पादक सुजिव बज्राचार्य रहनुभएको छ । साथै उक्त नेपालजापानन्यूज डट कमको प्रबन्ध निर्देशक जापानका सुनिल कुमार शाक्य रहनुभएको छ ।

Categorized in राष्ट्रिय