STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानी राजाद्वारा गद्दीत्याग

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ  । 
पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो ।
 आकिहितोले राजगद्दी त्याग्नु भएको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ । अर्थात मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुन भएको छ । जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ ।  मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ  । 
यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ । सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गर्नु भएको थियो  ।
सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गर्नु भएको थियो  । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ ।  तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ । 
जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।  प्रधानमन्त्री शिन्जो आवेले शब्दको अर्थ व्याख्या गर्नको लागि देशबासीको नाममा सम्बोधन गर्नु हुने छ । 
 
आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताउनु भएको थियो । जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन समेत  पारित गरेको थियो ।
सम्राट आकिहितोले गद्दीत्याग गरेपछि राजगद्दि सम्हाल्न लाग्नु भएको नारुहितो जापानका १२६ औँ सम्राट हुनु हुने छ । उहाँ गद्दीनसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ  । 
 युवराज नारुहितो र युवराज्ञी मासाको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्म भएको थियो  तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन् । 
नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनुहुने छ ।  त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन् ।
Categorized in अन्तर्राष्ट्रिय