STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानी विदेश मन्त्री चीन भ्रमणमा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

जापानी विदेशी मन्त्री तारो कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको छ । आगामी अप्रिल १३ बाट १५ सम्म कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले शुक्रबार घोषणा गर्नु भएको छ । लुका अनुसार कोनो चिनियाँ विदेशी मन्त्री वाङ यीको निमन्त्रणामा चीन आउन लाग्नु भएको हो । यस भ्रमणको क्रममा दुई विदेशमन्त्रीबीच पाँचौै उच्च स्तरीय आर्थिक वार्ता हुने लुले बताउनु भएको छ । चीन जापान युवा आदान प्रदान कार्यक्रममा दुबै देशबाट प्रतिनिधित्व हुने प्रवक्ताले थप जानकारी दिनु भो ।
Categorized in अन्तर्राष्ट्रिय