STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जीर्ण अवस्थाको मन्दिरको पुनःनिर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २०, सोमबार

पाँचथरको सदरमुकाम फिदिम नगरपालिका– १ मा जीर्ण अवस्थामा अवस्थित शिवालय मन्दिरको पुनःनिर्माण गरिएको छ । फिदिम नगरपालिकाको रु आठ लाख र विभिन्न सङ्घ संस्था, व्यक्तिको सहयोग गरी रु २४ लाख २५ हजारको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताउनुभयो । सदरमुकाम फिदिमको मुटुमा अवस्थित उक्त शिवालय मन्दिर मर्मतसम्भार र संरक्षणको अवस्थामा भत्किन लागेपछि मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरको पर्खाल निर्माण, घेराबार, छाना निर्माण, राधाकृष्ण, शिव र गणेश मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो । यस्तै उक्त मन्दिर परिसरमै सुनचाँदी व्यवसायी सङ्घ पाँचथरको पहलमा विश्वकर्मा मन्दिरसमेत निर्माण गरिएको सङ्घका अध्यक्ष विमल धमलाले बताउनुभयो ।
Categorized in राष्ट्रिय