relans
ni new 83
nib 2082 5

जोशी दिदीबहिनीले सर्जकका रुपमा आफ्नो पिताको नाम नराखेकोमा दुःख पोखे

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ २२, मंगलबार

रेशम फिलिलि बोलको लोक धुनमा आधारित नेपाली गीत नेपालमा मात्र नभइ विदेशी हरु माझ पनि अत्यन्त लोकप्रिय बनिसकेको गीत हो भने यस गीतकार एवं संकलक बुध्दि परियार हुन् र गायकहरु द्वारिकालाल जोशी र सुन्दर श्रेष्ठ   हुन् । तर अहिले हालै नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृतिमा प्रकाशित एक पाठयपुस्तकमा गीतकारको मात्र नाम उल्लेख गरिएको मा आपत्ति जनाउँदै अमर गायक द्वारिकालाल जोशीका सुपुत्री द्वय लसता जोशी र भिन्तुना जोशी ले दुःख पोखेका छन् । गायक जोशीका दुबै छोरीहरु पनि कला क्षेत्रमा नै कार्यरत छन् भने ठूली छोरी लसता गायनमा र सानी छोरी भिन्तुना अभिनय क्षेत्रमा सकृय छन् ।

आफ्नो पिता कलाकार द्वारिकालाल जोशीको नाम उल्लेख नगरिएको सन्दर्भमा छोरी द्वयले , " नेपालको प्रथम राष्ट्रिय गान "श्रीमान् गम्भीर नेपाली"को शब्द रचना चक्रपाणि चालिसेले गरेका थिए। यो कुरा सबैलाई थाहा छ तर यो राष्ट्रिय गानका संगीतकार "बखतबहादुर बुढापिर्थी" ले गरेका थिए धेरैलाई थाहा नहुन सक्छ ।  यस्तै गरी नेपाल र नेपालीलाई बिश्वभर चिनाउने गीत "रेसम फिरिरी" मा गायक सुन्दर श्रेष्ठ, हाम्रा बुबा अमर संगीतकर्मि द्वारिका लाल जोशी  लगायत सुन्दर श्रेष्ठ र संकलक बुद्धि परियारको ठूलो योगदान छ तर हालसालै शिक्षा मन्त्रालयबाट स्वीकृत कक्षा ६ अन्तरगतको पुस्तक Health, Physical Education and Creative Arts मा यस गीतका श्रष्टाहरु मध्ये एक जनाको मात्र नाउँ मात्र उल्लेख गर्नु गल्ती हो कि श्रष्टा प्रतीको अपमान?" भनि प्रश्न पनि उठाएका छन् ।

Categorized in साहित्य-कला
ppp 2