झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालीम
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार
प्रदेश नं १ का पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चारगृह झापाले बिहीबारदेखि तीनदिने खोज पत्रकारिता तालीम शुरु गरेको छ । प्रदेश नंं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तालीममा पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीमा क्रियाशील ६० पत्रकारको सहभागिता छ ।
झापाको विर्तामोडमा सञ्चालित तालीममा प्रशिक्षकहरु मोहन मैनाली, चन्द्र भण्डारी र चिन्तामणि दाहाल रहनुभएको सञ्चारगृहकी सचिव रेजिना गौतमले जानकारी दिनुभयो । तालिम शनिबार सम्पन्न हुनेछ ।
Categorized in राष्ट्रिय