relans
ni new 83
nib 2082 5

टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाप्रति बढ्दो आकर्षण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार

कञ्चनपुर कृष्णपुर–५ सुर्दशनपुरका सुरेन्द्र चौधरीले टिस्युकल्चर प्रविधिबाट तयार गरिएको केराको बिरुवा बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएको छ । टिस्युकल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेका चौधरी उक्त प्रविधिबाट उत्पादित बिरुवाले राम्रो प्रतिफल दिने बताउनुहुन्छ । टिस्युकल्चर प्रविधिलाई प्रथमिकता दिएका चौधरीले यो प्रविधिले उत्पादन गरिएका केराका शिरुवा गत वर्ष बिक्री गरेर रु ३४ लाख आम्दानी गर्नुभयो । जसबाट उहाँले लागत खर्च सबै कटाएर रु १० लाख नाफा गर्नुभयो । यो प्रविधिले उत्पादन गरिएका बीउ र बिरुवामा जातीय शुद्धता कायम रहने गरेको उहाँले बताउनुभयो । पाँच वर्षदेखि काठमाडौँबाट विलियम र जी नाइन जातको केराको ‘क्रुन’ ल्याई घरमै बनाएको नर्सरीमा केराका बिरुवा तयार पारेर बिक्री गर्दै आइरहनुभएका चौधरीले यो वर्ष आफ्नो नर्सरीमा ८५ हजार केराका बिरुवा तयार गर्नुभएको छ । प्रति बिरुवा रु ४० मा बिक्री भइरहेको उहाँले बताउनुभयो । “गत वर्ष नर्सरीमा एक लाख १० हजार बिरुवा उत्पादन गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो बिरुवा रु ४४ लाखमा बिक्री गरेका थियौँ ।” मागका आधारमा केराका बिरुवा उत्पादन गर्दै आएका चौधरीले यस वर्ष थोरै माग आएकाले थोरै बिरुवा उत्पादन गरिएको जानकारी दिनुभयो । काठमाडौँबाट केराको क्रन प्रतिबोट रु २० मा खरीद गरेर ल्याउने र त्यसलाई नर्सरीमा हुर्काएर व्यावसायिक केरा खेती गर्ने किसानलाई उपलब्ध गराउँदै आएका चौधरीले आफ्नै खेतबारीमा पनि केरा रोपेर त्यसबाट राम्रो आम्दानी लिँदै आउनुभएको छ । नर्सरीमा उत्पादित केराका बिरुवा कैलाली र कञ्चनपुरका किसानले खरीद गरेर नर्सरीबाटै लैजाने गरेका छन् । गैरसरकारी संस्थाबाट तालीम लिएर चौधरीले टिस्युकल्चर प्रविधिबाट केराका विरुवा नर्सरीमा हुर्काउँदै आउनुभएको छ । व्यावसायिक रुपमा केराको खेती गर्ने कृषकहरुको सङ्ख्यामा वृद्धि हँुदै गएकाले टिस्युकल्चर गरिएका केराका बिरुवाको माग पनि वर्षेनी बढ्दै गएको उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय
ppp 2