टुकुचा खोला उत्खनन अभियान : जग्गाधनीको पक्षमा उच्च अदालतको फैसला
Janjati Khabar – Janjati Khabar | २०७९ माघ १८, बुधबार
काठमाडौं - उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको टुकुचा खोला उत्खनन अभियानमा ‘ब्रेक’ लगाएको छ । अदालतले काठमाडौं महानगरको टुकुचा खोला उत्खनन अभियान कानुनविपरीत रहेको ठहर गर्दै उक्त अभियान रोक्न आदेश दिएको छ ।
बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरको उक्त अभियान कानुनविपरीत रहेको ठहर गर्दै जग्गाधनीको पक्षमा फैसला सुनाएको हो ।
काठमाडौं महानगरले १३० वर्षअघि भूमिगत पारिएको टुकुचा खोला उत्खनन गर्ने भन्दै जय नेपाल फिल्म हल, हात्तीसार लगायतका क्षेत्रमा पर्ने निजी तथा संस्थाको जग्गामा डोजर चलाएको थियो ।
निजी जग्गामा महानगरको डोजर चलेपछि जग्गाधनी र संघसंस्थाहरुेल उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । बुधबार अदालतले जग्गाधनीकै पक्षमा फैसला गरेसँगै अब काठमाडौं महानगरले टुकुचा खोला उत्खनन गर्नबाट पछि हट्नुपरेको छ ।
Categorized in उपत्यका

