टेक बिसि र सिर्मन परियारको स्वरमा ‘नजरमा नजर’ पल र खुशीको प्रेम कथा
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर १८, मंगलबार
नेपालको गीत संगीत क्षेत्रका चर्चित गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ बोलको गीत केही समय अगाडि प्रकाशमा आइ लोकप्रिय भएको थियो भने सोही गीतको नया श्रृंखला को रुपमा "नजरमा नजर लाग्ला नि-२" हालै सार्वजनिक भएको छ । टेक बिसि र सिर्मन परियारको स्वर, भीम बिसिको संगीत, केशव बाबुको एरेञ्ज र स्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको सो भिडियो हालै सार्वजनिक भएको हो ।
कजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र खुशी कार्कीले प्रेमिल जोडिका रुपमा अभिनय गरेको छ ।
प्रेम भाव व्यक्त गरिएको सो गीतको शब्द रचना जति उत्कृष्ट गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । अर्जुन तिवारीको छायांकन रहेको सो गीतको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=TITlTljjqow
Categorized in साहित्य-कला

