STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ट्याक्सीसहित सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २५, बिहिबार

काठमाडौं - सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेकाे छ । सरकारले लामाे मध्यम तथा लामाे दूरीकाे यातायात बन्द गर्ने निर्णय भने कायमै रहेकाे छ ।

ट्याक्सी पनि सञ्चालन गर्न दिने

सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयअनुसार चालकसहित ३ जना यात्रा गर्न पाइने छ भने एकै परिवारका भए ५ जनासमेत सवार हुन पाइने मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
Categorized in राष्ट्रिय