STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठमेलको छायाँ कम्प्लेस भत्काउन सांसद प्रेम सुवालको माग

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १३, सोमबार

काठमाडौँ - ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छायाँ कम्प्लेक्स भत्कान संसदमै आवाज उठेको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त कुरा उठाएका हुन् ।

सांसद सुवालले सार्वजनिक कमल पोखरी मिचेर व्यापारिक प्रयोजनका लागि छायाँ कम्प्लेक्स बनाइएको भन्दै सो कम्प्लेस भत्काउन जरुरी रहेको बताए । हिजो आइबार मात्रै भारतको नोयडामा नियम मिचेर बनाइएका दुइवटा ४० तले भवन त्यहाँको सर्वोच्च अदालतको आदेशपछि भत्काइएको उदाहरण दिँदै काठमाडौँमा पनि यस्ता संरचना भत्काउनुपर्ने उनको माग छ ।

यसैगरी उनले त्रिभुवन विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालाबन्दी भएको भन्दै यसबारे त्यस अवधिमा भएका शिक्षामन्त्रीहरु र प्रधानमन्त्रीसँग स्पष्टीकरण सोध्नुपर्ने समेत बताए । साथै उनले संसदीय निर्वाचन घोषणा भएपछि पनि संसद् चलिरहनु भएको निर्वाचन आचारसंहिताको उल्लघन भएको भएकाले संसद अधिवेशन अन्त्य गर्न माग पनि गरे ।

Categorized in उपत्यका