ठिमीको सुकुम्बासी बस्तीमा आगलागी, एउटा घर जलेर नष्ट
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ११, बिहिबार
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहराको सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।
आगलागी हुँदा एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
जन्मदिन मनाउने क्रममा घरमा आगलागी भएको स्थानीयले बताएका छन् ।
आगालागीबाट लाखौको क्षति भएपनि मानविय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त ठिमीले बताएको छ ।
Categorized in अपराध-दुर्घटना