STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डाँडापारिको फोक्सिङटारसम्म पुग्यो बस

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–३ फोक्सिङटारको ठूलो पोखरासम्म यात्रुबाहक बस पुगेपछि स्थानीय बासिन्दाले अब सदरमुकाम धुलिखेलसम्म आवतजावत गर्न पैदल हिँड्नु नपर्ने भएको छ । यसअघि महाभारतको ४ नंं वडा महादेवटारसम्म करीब दुई÷तीन घण्टाको बाटो हिँडेर बस चढ्नुपर्ने बाध्यता रहेकामा गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को रु १२ लाख बजेट र यसअघिको गाउँपालिका तथा साविक जिल्ला विकास समितिको आर्थिक सहयोग गरी करीब रु ७० लाखको लागतमा महादेवटार–फोक्सिङटार–आग्रेटार–देउराली–भाङटार–मसानेभञ्ज्याङ–सानो पोखरासम्म ट्र्याक खोलेर पहिलो पटक यात्रुबाहक बस पुगेपछि त्यहाँका स्थानीय बासिन्दाको आफ्नै घर आँगनबाट बस चढ्ने सपना साकार भएको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बाटोको उद्घाटन गरेपछि काभ्रे बस व्यवसाय समितिको बस ठूलो पोखरासम्म पुगेको हो । बाटो खुलेपछि खुशी भएका स्थानीय बासिन्दाले शनिबार महादेवटार, भाङटार र सानो पोखरामा जनप्रतिनिधि र गाडी चालकलाई स्वागत गरेर खुशियाली मनाएका छन् । उहाँले अझै पनि जिल्लाभित्रैबाट गाउँपालिका कार्यालयसम्म मोटरबाटो पुग्न नसकेकामा त्यसलाई जोड्ने काममा निरन्तर लागिरहेको बताउनुभयो । त्यससँगै उहाँले अब छिट्टै बिपी राजमार्गको मङ्गलटार–चार किल्ला हुँदै देवीटार मोटरबाटोलाई पक्की९पिच० गर्न डिपीआर भइरहेको बताउनुभयो । फोक्सिङटारका स्थानीय बासिन्दा महावीर लामाले सडकको पहुँच नपुगेकै कारण बत्तीबिनाको अध्यारोमा परिरहेका फोक्सिङटारका स्थानीय बासिन्दाको लागि गाउँपालिकाको सहयोगमा भाङटार–मसाने भञ्जयाङ–सानो पोखराको बाटो ट्र्याक खोल्ने काम भएपछि अहिले गाडी सञ्चालन भएकोमा खुशी व्यक्त गर्नुभयो । स्थानीय बासिन्दा चमार सिं मोक्तानले स्थानीय बासिन्दा र गाउँपालिकाको आपसी सहयोगमा मोटरबाटो निर्माणकार्य सम्पन्न भएपछि प्राप्त भएको सुविधालाई दीर्घकालीन रुप दिनका लागि आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा काभ्रे बस व्यवसाय समितिका प्रतिनिधि वीरबहादुर लामाले नियमित रुपमा गाडी सञ्चालन गर्न स्थानीय बासिन्दाले गरेको अनुरोधलाई समितिले सकारात्मक रुपमा लिएको बताउनुभयो । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष विवरेन्द्र मगरले बाटो निर्माण गरेर समस्या समाधान भए पनि पछिल्लो अवस्थाको लागि चुनौती रहेको बताउनुभयो । बस सञ्चालन भएसँगै अब आवतजावत मात्रै नभइ उत्पादित कृषिजन्य वस्तुको निर्यात गरी आर्थिक उन्नतिको बाटो समेत खुलेको भन्दै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । यसअघि सडक विभागको रु १७ करोडमा निर्माणाधीन रहेको ठाडे–फोक्सिङटार–ठूलोपोखरा मोटरबाटोको राम्रोसँग ट्र्याक खोल्न नसकेकोमा गाउँपालिकाको आर्थिक सहयोगमा महादेवटार–फोक्सिङटार–आग्रेटार–देउराली–भाङटार–मसानेभञ्ज्याङ–सानोपोखरासम्म ट्र्याक खोलेपछि अब नियमति बस सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय