relans
ni new 83
nib 2082 5

डा. केसीको जीवन रक्षा गर्न साझा पार्टीको आग्रह

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २०, मंगलबार

चिकित्सा शिक्षा सुधारको माग राखेर २३ दिनदेखि आमरण अनशनमा रहेका डा. गाेविन्द केसीको जीवन रक्षाकाे माग गर्दै साझा पार्टी ले बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्।

बागमति प्रदेशका सांसद एवं साझा पार्टी का केन्द्रिय सदस्य शोभा शाक्य को समेत उपस्थिति मा भएको सो विरोध प्रदर्शनमा ‘डा. केसी व्यक्ति होइन, आवाज हुन्’ भन्दै डा. के सी को जीवन रक्षा गर्न माग गर्दै  डा.केसीसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेका छन्।

‘सत्याग्रही गोविन्द केसीको जीवन रक्षा गर’, ‘युगपुरुषलाई मारेर भ्रष्ट पोस्न पाईंदैन’, ‘डा. केसी हामी तिम्रो साथमा छौँ’ लगायतका नारा लेखिएका व्यानर तथा प्लेकार्डसहित साझा पार्टी ले विरोध प्रदर्शन गरेका थिए भने यस अघि डा.के सी ले अनसन थालेको पाँचौं दिन नै अनसन स्थलमा पुगेर साझा पार्टी ले एेक्यबद्दता पोखेको कुरा  बताउँदै डा.के सीको आवाज भनेको तीन करोडको नेपालीको साझा अावाज हो , जनताको साझा आवाजलाई दमन गर्न पाइंदैन भन्दै सरकारले यो माग माथि उचित सम्बोधन नगरेसम्म साझा पार्टी ले विभिन्न चरणमा विरोध प्रदर्शन जारी राख्ने  पनि माननीय सांसद शाक्यले बताइन् ।

त्यस्तै गरी साझा पार्टी ले आजै किर्तिपुर मा पनि डा. के सीको समर्थन मा विराेध प्रदर्शन गरिएको थियो ।

 

Categorized in राजनीति
ppp 2