STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डा. केसीलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २९, शनिबार

काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। 

केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्।

सुवेदीका अनुसार डा केसीमा रुघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको छ। यस्तै स्वाश्प्रश्वासमा समेत समस्या भएको छ । 

केसी अहिले शिक्षण अस्पताल महाराजगंजकाे गणेशमान सिंह भवनमा छन् । उनकाे थप स्वास्थ्य परीक्षण भइरहेकाे जनाइएकाे छ ।

Categorized in व्यक्तित्व