डा. केसी आमरण अनशन स्थगित गर्न सहमत
Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १, मंगलबार
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि डा. गोविन्द केसी आमरण अनशन स्थगित गर्न सहमत भएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवाले डा. केसीलाई बाेलाएर भेटेका हुन् ।
भेटवार्तापछि उनले पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन तत्काल नबस्नन सहमत भएका हुन्।
स्वास्थ्य राज्यमन्त्रीले राजीनामा दिनुपर्ने लगायतका ५ बुँदे माग राखेर उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।
Categorized in राजनीति

