STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डा. केसी सत्याग्रह : चिकित्सक संघको आन्दोलन घोषणा, सरकारले बनायो वार्ता टोली

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २२, बिहिबार

काठमाडौं – नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । जीवन रक्षा र संवादकाे माध्यमबाट सत्याग्रह अन्त्यका लागि वार्ता टोली गठन गर्न १८ गते दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।

बिहीबार २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने चिकित्सक संघद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ  ।

पर्सि २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टनेली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघको चेतावनी छ ।

छ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ । डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि सरकारले वार्ताको पहल गरेको छैन। उनीसँग वार्ता गर्न विभिन्न संस्थाले दबाब दिएका छन्।

अनसन बसेको २३औं दिन मंगलबार शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको थियो ।

यसैगरी सरकारले अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। डा. केसीसँग वार्ता गर्न बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।

वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा. केसी २४ दिनदेखि अनशनमा छन्। डा. केसीको स्वास्थ्य जटिल हुँदा पनि सरकारले वार्ता गर्न कुनै चासो नदेखाएको भन्दै चर्को आलोचना हुँदै आएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले तत्काल डा. केसीका माग सम्बोधन गरे अनशन तनोडाउन सरकारको ध्यानाकर्षण गराएको छ।

Categorized in राजनीति