STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डा. रिजालले " ह्यारीकि प्यारी " बनाउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ माघ १२, बुधबार

नेपालको पहिलो गीति चलचित्र " गौंथली" लगायतका का एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माण गर्ने भएका छन्।

डा. रिजाल " ह्यारीकि प्यारी " नामक रोमान्टीक कमेडी फिल्मबाट पूनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन्। ह्यारीकि प्यारीको सोमबार पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ। यो फिल्म ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा.भोला रिजालका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले निर्देशन गर्दैछन्। लण्डनको दन्त चिकित्सा क्षेत्रमा अढाई दशकदेखि लोकप्रियता कमाउँदै आएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचर फिल्म भने ह्यारीकि प्यारी उनको पहिलो फिल्म हुने भएको छ।

निर्देशक डा. कपिल रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको सुटिङ हुनेछ भने बाँकी सुटिङ काठमाडौंमा गरिनेछ। उनका अनुसार युनिट पर्वत प्रस्थान गर्नुअघि युनिटमा सहभागी सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरिएको थियो भने खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको छ। पर्वत पुगेर पनि र्यापिड टेष्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको छ। डा. कपिलले फिल्म पूरै पारिवारका साथ बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण हुने बताएका छन्।  

सुटिङ शुरु गर्नुअघि जितु नेपाल र विजय बरालले मुहुर्त सट दिएका थिए। फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गर्दैछन्।

फिल्म डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण भईरहको छ भने प्रस्तुति र निर्देशन डा. कपिल रिजालको रहनेछ। फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ।

Categorized in सिनेमा